अत्याधिक प्रदुषण बढेको भन्दै काठमाडौंको कलंकीका स्थानीय गरे बाटो अवरुद्ध

काठमाडौं । अत्याधिक प्रदुषण बढेको भन्दै काठमाडौंको कलंकीका स्थानीयले बाटो अवरुद्ध गराएका छन् । विहान साढे ९ बजेदेखि कलंकीचोक-सोल्टीमोड-कालीमाटी रुटमा स्थानीयले गाडी चल्न दिएका छैनन् । उक्त सडकखन्डमा मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप राखिसक्दा पनि सडक मर्मत नभएको भन्दै स्थानीयवासी आन्दोलनमा नै उत्रेका हुन् ।

सडकबाट निस्केको अत्याधिक धुलोधुवाँका कारण जनजिवननै प्रभावित भएपछि आफुहरुले सडक नै बन्द गर्नुपरेको स्थानीयवासी बताउँछन् । आन्दोलनरत पक्षले धुलोधुवाँको नियन्त्रणको माग राख्दै अनिश्चितकालिन सडक बन्द गराउनेसमेत घोषणा गरेका छन् ।

यसअघि पनि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका थिए । तत्कालिन अबधिमा धुलो धुँवा नियन्त्रणको लागि भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १४ सँग स्थानीयले सम्झौता गरेपछि आन्दोलन स्थागित भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु