कांग्रेसका नेता प्रकाशमान सिह र पूर्वराजा ज्ञानेन्द्रबीच भेटवार्ता,किन भेटे ? के हो वास्तविकता !

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिह र पूर्व राजा ज्ञानेन्द्र शाहविच आइतवार साँझ राजधानीमा भेटवार्ता भएको छ । कुनै पूर्व निधारित नभए पनि एक होटलमा भएको भेटवार्ताको फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

कतिपयले यसलाई राजसंस्था फर्काउने चाल भनेर टिप्पणी गरेका छन् भने कतिले यसलाई सामान्य भेटवार्ता भनेका छन् । तर, वास्तवमा यो भेट भने राजधानीको सोल्टी होटलमा भएको हो । पूर्व राजा शाह र नेता सिंह एउटा ‘गुन्यु–चोली’ कार्यक्रमको निम्ता मान्न आइतबार साँझ राजधानीको सोल्टी होटलमा पुगेका बेला भेट भएको बताइएको छ । आ–आफ्नै आन्तरिक र पारिवारिक कामको सिलसिलामा होटल पुगेका दुबै जनाबीच केहीबेर कुराकानी पनि भएको थियो । कुनै कार्यक्रममा ज्ञानेन्द्रले नेता भेटेको भने यो पहिलो पटक हो । यद्यपी के विषयमा कुराकानी भयो भनेर दुवै पक्षले खुलाएका भने छैनन् ।

कांग्रेसका निर्वा्चित महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाश मान सिंह, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. रामशरण महतहरुको राजनीतिक छलफल भएको अघिल्लो दिन कात्तिक २५ गते पूर्व राजा शाह र प्रकाशमान सिंहबीच भेटघाट भएपछि राजनीतिक बृत्त भने तातेको छ। महामन्त्री शंशाक कोइरालाले हिन्दु राष्ट्र माग गरिरहेका बेला भएको भेटले आशंका भने उब्जाएको कतिपयको विश्लेषण रहेको छ ।

सम्बन्धित शिर्षकहरु