अस्ट्रेलियामा ३५ लाखमा बिक्यो ‘जात्रै जात्रा’

काठमाडौं । सिनेमा ‘जात्रै जात्रा’को अस्ट्रेलियामा बिक्री सम्झौता भएको छ । सिनेमाको छायांकन चलिरहँदा सिनेमाले आफ्नो विदेश प्रदर्शन अधिकारको खाता अस्ट्रेलियाबाट खोलेको हो। अमेरिका, बेलायत, कोरिया, हङकङ र जापान लगायतका देशहरूमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भइरहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए। पप अप इन्टरटेन्मेन्ट र ‘हो र होइन होला’ इभेन्टले जात्रै जात्राको अस्ट्रेलिया प्रदर्शन अधिकार ३५ लाख रुपैयाँमा लिएको सिनेमा निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जनाएका छन्।

सिनेमाको पहिलो प्रचार सामाग्री सार्वजनिक भएसँगै विदेश प्रदर्शन अधिकार लिन धेरै जना उत्साहित भएको निर्देशक भट्टराईको भनाइ छ। विभिन्न कर्पोरेट ब्रान्डहरूसँगको सहकार्य र विदेश राईटको बिक्री आंकलन गर्दा सिनेमाको छायांकन नसकिँदै नाफामा जाने देखिन्छ।

निर्देशक भट्टराईको अघिल्लो सिनेमा जात्राले अस्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो सिनेमा ‘शत्रुगते’ले सिड्नीमा मात्र १७ सो र अस्ट्रेलियाभर ४० भन्दा बढी हाउसफुल सोहरू गर्न सफल भएको थियो।

षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित जात्रै जात्रा आउने फागुन १७ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। जुन मितिमा अभिनेता अनमोल केसी अभिनित सिनेमा क्याप्टेन रिलिज हुने चर्चा छ। यसैकारण पनि दुई सिनेमाको प्रदर्शन भिडन्त रोचक हुने धेरैले अनुमान गरेका छन्। सिनेमामा रवीन्द्रसिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु