अष्ट्रेलियाको सिड्नीमा आकस्मिक रुपमा बन्द गरिएको पीआर भिसा आवेदन पुनः खुल्ला !

अष्ट्रेलिया । अष्ट्रेलियाको केन्द्रीय सरकारले राजधानी क्यानबेरा र सिड्नीमा विदेशीका लागि पुनः पीआर दिने भएको छ । सरकारले गत जुनमा आकस्मिक रुपमा बन्द गरिएको पीआर भिसा आवेदन पुनः खुल्ला गर्ने निर्णय गरेको हो । आकस्मिक रुपमा भिसा आवेदन लिन बन्द गरेपछि लाखौं जना प्रभावित भएका थिए ।

सरकारको पछिल्लो निर्णयपछि यही नोभेम्वर २९ देखि स्किल्ड माइग्रेशन १९० भिसा कार्यक्रम अन्तर्गतको नोमिनेशन प्रक्रिया खुल्ला हुने भएको छ । तर सरकारले मेरिटको आधारमा पहिले आउनेलाई प्राथमिकता दिने नीति बनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

गत जुनमा पीआर भिसा कार्यक्रम बन्द गरेपछि राज्य सरकारले चर्को आलोचना खेप्दै आएको थियो । भीसा कार्यक्रम बन्द भएपछि अस्थायी भिसामा क्याबेरामा बस्दै आएका हजारौं विदेशी विद्यार्थीहरु प्रभावित बनेका थिए । पीआर भिसाकालागि उनीहरुले क्यानबेराबाट अन्यत्रै बसाइ सर्नुपर्ने अवस्था बनेको थियो ।

तर पुनः पीआर भिसा कार्यक्रम सञ्चालन गर्ने क्यानबेरा राज्य सरकारको निर्णयले ती विद्यार्थीहरुले राहत महसुस गरेका छन् ।

सम्बन्धित शिर्षकहरु