ईशा अम्बानीको विवाहका लागि तीन लाखको निमन्त्रणा कार्ड

एजेन्सी । भारतका धनाढ्य उद्योगपति मुकेश अम्बानी र निता अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको विवाह आगामी १२ डिसेम्बरमा मुम्बाईमा हुदैँछ ।

ईशाको विवाहसँग सम्बन्धित प्रत्येक खबर र तस्वीरले अहिले भारतीय आम संचारमाध्यममा निकै महत्वको साथ स्थान पाइरहेको छ ।

पछिल्लो दिन उनको विवाहको कार्डको तस्वीर अम्बानी परिवारले सामाजिक सञ्जालमा शेयर गरेका छन् जुन अहिले भाइरल भैरहेको छ । उक्त कार्डको विशेषता के छ भने एउटा कार्ड बराबरको मूल्य तीन लाख भारतीय रुपयाँ भएको बताइएको छ ।

विवाहको निमन्त्रणा कार्ड एउटा ठूलो क्रिम र गुलाबी रंगको बक्सामा दिइदैँछ । उक्त कार्डको बक्सा खुल्ने बित्तिकै गायत्री मन्त्र बज्ने बताइएको छ । ईशाको विवाह अघि बलिउडका अन्य सेलिब्रेटीले पनि आफ्नो विवाहको कार्डलाई यसरी नै विशेष बनाएका थिए, जसको निकै चर्चा पनि भएको थियो ।

ईशाको विवाह भारतीय उद्योगपति आनन्द पिरामलसँग आगामी डिसेम्बरमा हुने तय भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु