युभेन्ट्सको जित्ने यात्रा कायमै, मिलान पराजित

काठमाडौँ । गएराति भएको सेरिया ए मा युभेन्ट्सले एसी मिलानलाई २-० गोलले पराजित गरेको छ । यस सिजन अपराजित रहेको युभेन्ट्सको जितमा मारियो माण्डुजकी र क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

खेलको ८ औ मिनेटमा गोल गर्दै माण्डुजकीले युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ८१ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । खेलको ८३ औ मिनेटमा मिलानलाई अर्को झट्का लाग्यो जब गोन्जालो हिगुइन रातो कार्ड खाँदै मैदान छाडे ।

यो जितसँगै युभेन्ट्सको १२ खेलमा ३४ अंक भएको छ । त्यस्तै मिलानको २१ अंक रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु