‘सुख्खा बन्दरगाहा सँगै दोधारा चाँदनीलाई औद्योगिक क्षेत्र बनाउनु पर्छ’

प्रतिनिधि सभा लागि कञ्चनपुर क्षेत्र नंं. ३ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार डा. दिपक प्रकाश भट्ट विजयीभएपछि माहाकाली नगर क्षेत्रको विकास मुलधारमा जोड्न प्रयासरत छन् । कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्देदवार डा. दिपक प्रसाद भट्ट तीन दशक देखि राजनीतिक सक्रिय छन् । पुख्र्यौली घर बैतडी भएका भट्टको जन्म २०२९ साउन २७ गते बैतडी दशरथ चन्द नगरपालिका–१ देबलहाटमा भएको हो । उनी विद्यार्थी जीवन देखि राजनीतिमा सक्रिय छन् । २०४६ को जनआन्दोलन अघि नै भट्टको राजनीतिक यात्रा सुरु हो । घर परिवारको राजनीतिक वातावरणमा सानै देखि घुलमिल भएका उनले २०४३ देखि तत्कालिन (माले) को विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतक यात्रा सुरु गरेका हुन् ।

२००७ सालको क्रान्तिका अगुवा स्वर्गिय दत्तराम भट्टबाट प्रेरित भएर राजनीतिमा आएका हुन् । ६ महिना डोटी जेल बसेका स्वर्गिय भट्ट उनका ठूलो बुवा हुन् । ‘घरमा राजनीतिक वातावरण थियो, त्यसबाट सानैमा प्रभावित भए,’ उनले भने । एमालेका विदेश विभाग सदस्य भट्ट पार्टीमा स्वच्छ छवि, बौद्धिक व्यक्तित्व, परराष्ट्र र सुरक्षा नीतिका जानकार नेता हुन् । वाम गठबन्धनका उम्मेदवार उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सडक सबैको विकास गरी क्षेत्र नं. ३ लाई नमूना बनाउने एजेण्डा अघि सारेका छन् । ‘मिठा र गुलिया कुरा गरी जनतालाई धेरै दिनसम्म भ्रममा राखियो, म त्यसलाई तोड्न चाहन्छु’ उनी भन्छन,‘यस पटक जनताले त्यो मौका दिने छन् ।’ दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय मार्माबाट प्राथमिक शिक्षा हासिल गरेका भट्टले महेन्द्रनगर मावि(साधरण) बाट प्रवेश उत्तीर्ण गरेका हुन् । उनले लटिनामा कक्षा १–५ र बैजनाथ माविमा कक्षा ७–८ सम्म अध्यन गरेका थिए । विज्ञान र राजनीति शास्त्रका स्नात्तकोत्तर भट्टले जवाहरलाल नेहरु विश्विद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्ध र सुरक्षामा विद्यावारिध (पिएचडी) गरेका छन् । समृद्धि तथा बिकासको बारेमा माहाकाली नगरपालिका क्षेत्रको भ्रमणको बेला प्रतिनिधी सभाका सदस्य डा. दिपक प्रकाश भट्ट संग पत्रकार पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानीको अंश


डा.दिपक प्रकाश भट्ट
प्रतिनिधि सभा सदस्य
कञ्चनपुर क्षेत्र नं. ३

दोधारा चाँदनीमा जुन सुख्खा बन्दरगाहा बन्ने बिषयमा हल्ला मात्रै हो भन्ने कुरा छ नि ?
–बिकासको कुरा गर्नु पर्दा सुख्खा बन्दरगाहाको लागी जुन काम अघि बढिरहेको छ् । नेपाल–भारतको बिच सहकार्यबाट अघि बढ्ने भएकोले अहिले यो स्थानमा सुख्खा बन्दरगाहा बन्ने भन्न सकिने अवस्था छैन् । दोधारा चाँदनीको कञ्चनभोज क्षेत्रमा सुख्खा बन्दरगाहा बन्ने भन्ने टुङ्गो लागेको अवस्था छैन् । जंगल काट्न भारत तर्फ विकल्पमा छलफल गरिरहेका छन् । हाम्रा तर्फबाट पनि विकल्पमा छलफल चलिरहेको छ् । बढी सम्भावनाको रुपमा कञ्चनभोज क्षेत्र परेको छ् ।

भारत तर्फबाट पनि राष्ट्रिय निकुञ्ज तथा जंगल पर्ने ठाँउमा जंगल काट्ने कार्य उनिहरुका लागी सजिलो छैन् । राज्यले ४ वटा सुख्खा बन्दरगाहा निमार्ण गर्ने अबधारणा लिएको छ् । पहिलो बिरगन्ज, जुन निमार्ण कार्य पुरा भएर संचालनमा आएको छ् । दोस्रो भैरवा, तेस्रो नेपाल गन्ज र चौथो दोधारा चा“दनी । अरु ठाँउमा जग्गाको काम सकिएर काम अघि बढिसक्यो । दोधारा चाँदनीमा अब यो वर्षबाट काम अघि बढ्ने क्रममा छ् ।

यसको लागी ७० देखि ९० बिघाह जग्गा चाहिन्छ् । सुख्खा बन्दरगाहाको लागी जग्गा सरकारले लिएर जनतालाई बिचिल्लीमा पार्ने हैन् । बिकास संग उनिहरुलाई संग संग लिएर हिडाउने सकारको निती हो । जुन खासगरीकन अरवन डेभलोप्मेन्ट पोलिसी अर्थात बिकासका योजना र निती त्यसमा जनता बिस्तापित गर्ने हैन कि, जनता संग संगै लिएर जाने उदाहरण हुन् । तपाईहरुले ख्याल गर्नु भयो भने महाकालीमा पक्की पुल निमार्ण हुदै छ् ।

पुल निमार्णको क्रममा कयौंको घर जग्गा, गोठ तथा निमार्ण भएका भौतिक संरचना सरकारले पुल निमार्णको लागी लिईरहेको छ् । त्यो संरचनाको क्षती पुर्ती सरकारले दिईरहेको छ् । त्यसले राज्यले दिने क्षती पुर्ती लालपुर्जा भएको वा नभएको खण्डमा दुबैलाई राज्यले क्षती पुर्ती दिने ब्यवस्था छ् । लालपुर्जा नभएको हकमा दुई तिन तरिकाले क्षती पुर्ती दिईरहेको छ् । सबैले क्षती पुर्ती पाउछन् । त्यसको लागी समग्र लगत संकलन गरेर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर सिफारिस गर्नु पर्ने हुन्छ् । पुर्जा नभएको हकमा ।

 यहाँले यस क्षेत्रको लागी कस्ता योजना अघि सार्नु भएको छ् ?
–मुख्य कुरा अहिलेका बजेट भनेको केन्द्र सरकार हेर्ने काम चाही राष्ट्रिय स्तरका योजना, प्रदेशले मध्यम खालका योजना र स्थानिय तहबाट स्थानिय स्तरका योजना हुन् । बिगतमा हामीले टोल तथा बस्ती जोड्न बाटो बनाउदा पनि रातो किताबमा पार्नु पर्ने हुन्थ्यो । यसपाली उदाहरणको लागी हेर्नु हो भने, दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा बिभिन्न शिर्षकमा कमा गर्ने गरि प्रदेश सरकारबाट रु. ५५ लाख रकम आएको छ् ।

यस्तै दोधारा चाँदनीकै जनज्याती माबिमा रु. ३६ लाख रकम बिनियोजन भएको भएको छ् । त्यहा पर्खाल निमार्ण गरेपनि, भवन निमार्ण निमार्ण गरेपनि त्यहाका स्थानिय अभिभावक, बिद्यालय ब्यवस्थापन समिति तथा स्थानिय राजनितिक दलहरुले छलफल गरेर गर्ने भन्ने हो । यस्तै दोधारा चा“दनीमा स्वास्थ्यको बिषयमा बजेट हेर्ने हो भने ३ वटा स्वास्थ्य केन्द्र तथा चौकीमा ६० लाख भन्दा बढी रकम आएको छ् । यस्तै हामीले बिकास कार्यको लागी थुप्रै बजेट बिनियोजित गरेका छौ । अनि राष्ट्रिय हिसावले बन्ने योजनाहरुमा अहिले प्राथमिकतामा परेको बिषय भन्नुहुन्छ भने, औद्योगिक क्षेत्र बनाउने हो ।

मैलै तपाईहरुलाई पनि बिकासमा हामी संग संगै जानु पर्छ भावनाले छिट्टै एउटा हाम्रो नजिक रहेको छिमेकी देश भारत जुन औद्योगिक क्षेत्रमा निकै फड्को मारेको छ् त्यही भ्रमण गरौ भन्ने हो । उत्तराखण्ड राज्य बनेको झण्डै १८ वर्ष उत्तराखण्डले के कसरी प्रगती ग¥यो ? उत्तराखण्ड राज्यले औद्यौगिक निती बनाएर के कस्ता परिवर्तन ल्याए ? ईकोनोम्किसमा ‘सप्लाई चेन’ भन्ने सिद्धान्त छ् । ठुलो निमार्ण कम्पनीले समान तयार गर्लान तर उनिहरुलाई चाहिने कच्चा सामग्री तथा अन्य समाग्री हामीले यहाँ तयार गर्न सक्यो भने पनि हाम्रो समृद्धि हुन्छ् ।

निजी तथा उद्योग बाणिज्य महासंघको सहयोगमा हामीले तत्काल हामीले ७ नंम्वर प्रदेशमा प्रमुख ब्यापारिक नाका बनाउने छौ । ७ नंम्वर प्रदेशमा एउटा पनि ब्यापारिक नाका नभएको हुदा कम्तीमा भारत संग नाका बनाउने लक्ष्य छ् । भन्सारको रुपमा बेलौरी, खग्रौला, झुलाघाट दार्चुला र चिन संग २ वटा नाका एउटा बझाङ्गबाट, एउटा दार्चुलाबाट तत्कालको लागी बझाङ्गलाई प्राथमिकता राखिएको छ् । जुन बन्ने नाकाहरु दोधारा चाँदनी संग सम्बन्ध राख्छन् । जुन चाही अन्तराष्ट्रिय ब्यापार नाका बनाउने भनेका छौ ।

ईन्टी ग्रेटेड चेकपोष्ट बनाउदै अबको मोडेल फरक आएको छ् । सुख्खा बन्दरगाहा यहाँ बन्दै छ भन्ने सरकारको प्राथमिकताले दोधारा चा“दनीलाई औद्योगिक क्षेत्र बनाउने कम्तीमा ५ सय बिघाह जग्गा छुट्टयाएर औद्यौगिक क्षेत्र बनाउनु पर्छ । त्यसमा तपाई हाम्रो सबैको सहयोग चाहिन्छ् । आज नेपालको ब्यापार भारत संग ७० प्रतिशत त्यसैको ७० प्रतिशत बरिगन्जबाट हुने गर्छ । त्यसलाई डाईभर्सन गर्नु प¥यो । हिजोको दिनहरुमा केन्द्रिकृत राज्य प्रणालले केही क्षेत्रमा बिकास ग¥यो । सबै समुदाय सबै जातजाती तथा ताप्कालाई बिकासको मुलधारमा ल्याउनु पर्ने अहिलेको सरकारको धारणा रहेको छ् ।

महाकाली नदी र जगबुडा नदीको तटबन्ध निमार्ण यस वर्ष रोकिएको भन्ने हल्ला छ नि ?
– त्यसो हैन् । तबटन्धको काम रोकिएको छैन् । केन्द्र सरकारबाट प्रदेश सरकारमा जिम्मेवारी बाडफाँड गर्दा राष्ट्रिय योजनाहरुमा केन्द्रबाट अघि बढ्छ् । केही काम प्रदेशमा, त्यस्तै बिभाग बनाएर काम अघि बढाउनु पर्ने हुन्छ । प्रदेशमा पनि उद्योग, पर्यटन बिभाग पनि हुन्छ । सम्बन्धीत मन्त्रालयमा हामीले त्यो बिभाग स्थापना गर्दैछौ । त्यो काम गरिरहदा पहिलो कुरा केन्द्रबाट बजेट छुट्टयाउने कि, प्रदेशबाट छुट्टयाउने केही एक छिनको लागी समन्वय गर्न समय लाग्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु