सरकारले किन लुकायो मन्त्रिपरिषदका निर्णयहरू ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का निर्णयहरू तत्काल जानकारी नगराउने भएको छ । आइतबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अबदेखि मन्त्रिपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यसअघि विशेष अवस्थामा बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु