कन्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग

काठमाडौं । संघीय संसदका निषयगत समितिका सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो थियो–सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए । सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको गाडीमा चित्त बुझाएनन् । पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको एजेण्डा नै बन्यो । अनि एजेण्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।

संख्याको हिसावले हेर्ने हो भने संघीय संसद सचिवालयसँग सय भन्दा बढी गाडी छन् । प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवतजावतको लागि प्रयोग गरिएपनि अन्य सवारी पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् ।

कूल गाडीमध्ये दुई वर्षयता भित्राइएका गाडी नै २५ वटा बढी छन् । यी गाडीसमेत उनीहरुले कन्डिसनमा नरहेको भनदै नयाँ खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका हुन् । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु