शेयर बजारमा नयाँ युगको सुरुवात, आजदेखि मोबाइलबाटै किनबेच

काठमाडौं । शेयर बजारमा आजदेखि नयाँ युगको सुरुवात भएको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेञ्जको पूर्ण रुपमा अनलाइन कारोबार प्रणालीको उदघाटन गरेका हुन् । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ ।

करहरुले आजै देखि यहि प्रणालीमा रहेर शेयर किनबेच गर्ने तथा गराउनेछन् । लगानीकर्ताले आफैँले प्रयोग गर्न भने केहि समय पर्खनुपर्नेछ । लगानीकर्ताले आफैँ अनलाइन प्रयोग नगरिन्जेलसम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन् ।

अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्नेहुन्छ । लगानीकर्ता समेत आफैँ यो पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत शेयर किनबेच गर्दा इन्टरनेटको माध्यमबाट मोवाईल, ल्यापटप र कम्युटरको सहायताले शेयर किनबेचमा सहभागी हुनसक्ने छन् ।

नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध शेयर दलालहरुले अनलाईन प्रणालीबाटै रकम प्राप्त गर्ने र भुक्तानी गर्ने सुविधा समेत पाईसकेकाले अनलाईन संचालनमा थप सहजीकरण भएको छ । जसका कारण रकम बुझाउन समेत ब्रोकरकोमा जानु पर्ने बाध्यता रहने छैन । त्यस्तै सिडिएस एण्ड क्लियरिङ्गले ई-डिआईएस सेवा समेत सञ्चालन गरि सकेकाले शेयर खरिद बिक्रीको राफसाफ समेत अनलाइनको माध्यमबाट नै गर्न सकिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु