ओली–मोदीबीचको सम्बन्धप्रति भारतमै उठ्यो प्रश्न, कांग्रेस आईको प्रश्नले हँगामा

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्वव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक धारलाई नेपालले साथ दिएको गुनासोसहित उसले यस्तो सन्देश प्रवाह गरेको हो । सरकारले भारतसँगभन्दा पनि दलसँग सम्बन्ध राख्न खोजेझैं देखिएको भन्दै यसमा सचेत रहनुपर्ने उसले बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणको सन्दर्भलाई कोट्याएर उसले यस्तो धारणा राखेको हो । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदी नेपाल आएका थिए । त्यस समयमा नेपाल भ्रमण गर्दै मुक्तिनाथबाट गरिएको टेलिभिजन ‘लाइभ’प्रति इंगित गर्दै यस्तो धारणा आएको हो ।

नेपाल र भारतबीच दुईपक्षीय सम्बन्ध राम्रो होस् भन्ने चाहना भारतीय कांग्रेसको सधैं रहेको तर भारतको आन्तरिक मामिलामा नै असर गर्ने गरी नेपालले प्रधानमन्त्री मोदी र उनको पार्टीलाई मात्रै प्राथमिकता दिएको भनी उसले असन्तुष्टि व्यक्त गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु