भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउँदैछन् । उनी मंसिर २६ गते नेपाल आउन लागेका हुन् । विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदीको यो प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हो ।
उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु (आइसिपी)को उद्घाटन गर्न नेपाल आउन लागेका हुन् । दुबै परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु