प्रदेश १ मा कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्की

विराटनगर । प्रदेश १ का कार्यवाहक मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई तोकिएको छ । शेरधन राई उपचारको लागि थाईल्याण्ड गएपछि कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता समेत रहेका कार्की कार्यवाहक मुख्यमन्त्री तोकिएको हो ।

मुख्यमन्त्री राई उपचारका लागि शुक्रवार थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेख्दै मुख्यमन्त्री राईको सिफारिसमा कार्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको बताईएको छ ।

मुख्यमन्त्री राई घाँटीको उपचारका लागि थाइल्याण्ड गएका हुन् । राई कात्तिक २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख तुम्बाहाङले कार्यवाहक मुख्यमन्त्रीको प्रशासनिक जिम्मेवारी कार्कीले सम्हालेको जानकारी सहितको पत्र पठाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु