बालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार शिक्षण अस्पतालबाट डिस्चार्ज भई बालुवाटार फर्किएका छन् । कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओली भर्ना भएका थिए । स्वास्थ्यमा पूर्ण सुधार आएपछि ओली सरकारी निवास बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने पार्टी, नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा निकायलगायत शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु