भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित मन्त्री पदबाट बर्खास्त

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पद बाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले शुक्रबार स्थापितलाई संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार बर्खास्त गरेका हुन् । उनको मन्त्रालयको जिम्मेवारी पनि पौडेल आफैँले लिएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेका थिए।

‘बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद सुरु भएको थियो । जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु