यस्ता छन् श्रीमद् भगवदगीताका जीवन उपयोगी सन्देश

बाइबल क्रिस्चियन धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ, कोरान मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ हो । त्यसैगरी, हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ वेद हो । वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो । उपनिषद्बाटै १८ पुराण बनेका हुन् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । गीता धार्मिक पुस्तक १८ अध्यायमा लेखेको छ ।

अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो ।

यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो । यो सबै ज्ञानलाई गीतामा भगवान्ले १८ अध्यायमा मनन चिन्तन गराएको हो । तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्वपूर्ण धर्मको नियम स्वरूप हो । यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवानको १८ इश्वरीय कानुन ९१८ कमाण्डमेन्टस्० भनेर हामीले बुझ्नुपर्छ । इश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवानको आदेश हो ।

अतः गीतालाई हामी १८ कमाण्डमेन्टस् भन्छौँ । जस्तो कि बाइबललाई क्रिस्चियनले दश कमाण्डमेन्टस् भन्छन् । गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस्, लाभ उठाउनुहोस् ।

१८ कमाण्डमेन्टस् गीताको मुख्य कुरा

अध्याय १ – मोह या सुख शान्तिको अधीनमा नपर्नु ।
२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।
३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।
४– तत्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।
५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।
६– अन्तस्करणमा समता राख्नु ।
७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव र हुनु ।
८– सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।
९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।
१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवान्को नै अंश मानी भगवानको चिन्तन गर्नु ।
११– यो चराचर जगत् भगवानको नै स्वरूपा मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान, भगवान् नै जगत् हो भन्नु ।
१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु ।
१३– संसारमा एक परमात्मा तत्व नै जान्न योग्य वस्तु हो भनी जानु ।
१४– सत्व, रज, तम यी तीनै गुणबाट अतित भई अनन्य भक्ति गर्नु ।
१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।
१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।
१७– जुनसुकै शुभ कर्म गरे पनि भगवान्को नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।
१८– भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु । (प्रा.डा. शिवप्रसाद धौभडेलको विश्लेषण अभिलेखबाट)

Comments

comments

सम्बन्धित शिर्षकहरु