अस्ट्रेलियामा नेपाली खेलाडी मास्केले गरेको गोलले जित्यो उत्कृष्ठ गोलको उपाधि

काठमाडौं । नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन् । उनले गरेको गोल वर्षको उत्कृष्ट गोलमा पर्दै उपाधि जित्न सफल भएको हो ।

अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल एएफए कप २०१८ को उत्कृष्ट गोलको मनोनयनमा परेको थियो । फुटबल अस्ट्रेलियाले पहिलो पटक दिन लागेको अवार्डमा सिग्नेचर मनाङ मस्र्याङ्दीका पूर्व मिडफिल्डर पर्न सफल भएका छन् ।

वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध सुभलले २ गोल गरेपनि उनको टोली त्यो खेलमा ४–३ ले पराजित भएको थियो । उत्कृष्ट गोलको अवार्डको मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने खेलाडीलाई विजेता घोषित गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु