प्रधानमन्त्रीको सन्देश– ‘छिट्टै निको भएर समृद्ध नेपालको अभियानमा सक्रिय हुन्छु’

काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै सन्देश जारी गर्दै आफू छिट्टै निको भएर काममा फर्किने जानकारी गराएका हुन् ।
मंगलवार एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले लेखेका छन्–‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।’

उनले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु