‘मुन्द्रेको कमेडी कल्ब’ लिएर आउँदै जितु र दीपाश्री

काठमाडौं । मुन्द्रे उर्फ जितु नेपाल र दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी कल्ब’मार्फत टेलिभिजनमा फर्किने भएका छन् । उक्त कमेडी शो कार्तिक १९ गतेदेखि नेपाल टेलिभिजनमा आउने तयारी रहेको जीतु नेपालले बताए। यसअघि प्रशारण हुँदै आएको ‘जिरे खुर्सानी’ भने अव उप्रन्त नआउने भएको छ। ‘मुन्द्रेको कमेडी आएपछि जिरे खुर्सानी चाहिँ बन्द नै हुन्छ’, जितु भन्छन्, ‘हुन त केही समयदेखि बन्द रहेको यो सिरियल अब आउँदैन। ’

जितुका साथमा दीपाश्री निरौला, राजाराम पौड्याल, राजेन्द्र नेपाली लगायतका अन्य थुप्रै हाँस्य कलाकारहरुको जमघट हुने बताइएको छ।

टेलिभिजको पर्दामा फेरि फर्किन लागेको बारेमा निर्देशक निरौला भन्छिन्, ‘निकै लामो समय पछि हामी फेरि आउँदैछौँ। धेरै दर्शकहरुको प्रश्न एउटै रहन्थ्यो। तपाईहरुलाई टेलिभिजनमा फर्किनु हुन्न भनेर। यसकारण पनि हामीले यो भिन्न शैलीको शो लिएर आउने जमर्को गरेका छौँ।’

सिनेमा निर्माण तथा निर्देशन अनि फेरि टेलिजिनको काम हुँदा त गाह्रो होला नि? भन्ने नेपालखबरकोे प्रश्नमा दीपाश्री भन्छिन्, ‘सिरियल भएको भए फेरि पनि उही काम, अनि अलि बढि तनाव हुन्थ्यो होला। अब हरेक हप्ता नयाँ विषयमा हुने स्टाण्डअप कमेडी भएकोले त्यस्तो बोरिङ र गाह्रो नहोला।’

Comments

comments

सम्बन्धित शिर्षकहरु