ब्राजिलको नयाँ राष्ट्रपतिमा बोल्सोनारु निर्वाचित

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । चुनावी अभियानका क्रममा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका बोल्सोनारु निर्वाचित भएका हुन् ।
लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा ४५ प्रतिशत मत परेको छ ।
बोल्सोनारु पूर्वसैनिक अधिकारी हुन् । बोल्सोनारुका विपक्षीहरूले उनी ब्राजिलको लोकतन्त्रका निम्ति खतरा भएको तर्क गरेका छन् ।

यद्यपि जितपछि बोल्दै बोल्सोनारुले ‘संविधान, लोकतन्त्र र स्वतन्त्रता’को आफूले रक्षा गर्ने बताए । उनले भने, ‘यो कुनै पार्टीको अथवा व्यक्तिको वाचा होइन । यो ईश्वरका सामु लिइएको शपथ हो ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु