एल क्लासिको:सुआरेज चम्किएपछि रियल म्याड्रिडको लजास्पद हार

काठमाडौं । ला लिगा अन्तर्गत आइतबार राती सम्पन्न एल क्लासिकोमा बार्सिलोना हाबी भएको छ । स्टार खेलाडी लियोनल मेसी बिनै मैदानमा उत्रिएको बार्सिलोनाले रियल म्याड्रिडलाई ५–१ ले पराजित गरेको हो । मेसी घाइते भएका कारण मैदानबाहिर भएका हुन् ।

मेसीको अनुपस्थितिमा लुईस सुआरेज चम्किए । उनको तीन गोलको मद्धतले एल क्लासिकोमा बार्सिलोना विजयी भएको हुन पुग्यो । सान्टियागो रंगशालामा भएको खेलमा बार्सिलोनाका लागि फिलिपले सुरुवाती गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै सुआरेजले ३० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफको पाँचौं मिनेटमा एक गोल फर्काएपनि त्यसपछि लगातार बार्सिलोनाले ४ गोल ठोक्यो । रियलका लागि ५० औं मिनेटमा मार्सेलोले गोल गरेका हुन् ।

बार्सिलोनाका लागि सुआरेजले ७५ औं ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै अतुरोले पनि ८७ औं मिनेटमा अर्को गोल थपे । जितसँगै बार्सिलोनाले २१ अंकसहित शीर्ष स्थान कायमै राखेको छ । उसको पछिपछि १९ अंकसहित एट्लेटिको म्याड्रिड रहेको छ । रियल भने लिगको नवौं स्थानमा रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु