अमेरिकाको पेन्सिलभेनियामा गोली चल्यो : ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ‘सबै यहुदीहरू मर्नुपर्छ’ भन्दै बन्दुकधारीले गोली चलाएका थिए ।

घटनामा ६ जना घाइते भएका छन् । बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन । रिपोर्टहरुका अनुसार राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरेका थिए र गोली चलाएका थिए । यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर उक्त स्थानका बासिन्दालाई सजग रहन आह्वान गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु