कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछानेको हातमा विश्वकपको ट्रफी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ट्रफी पर्यटकीय सहर पोखरामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग चलिरहेको पोखरा रंगशालामा ट्रफी प्रर्दशन गरिएको छ । शुक्रबार नेपाल आइपुगेको ट्रफी पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रदर्शनमा राखिएको थियो । ट्रफी नेपालका कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछानेले उचालेका थिए ।

नेपालमा क्रिकेटको विश्वकप ट्रफी पहिलोपल्ट आएको हो ।यसको प्रायोजक निसानमाफर्त पाँच महादेशको २१ राष्ट्रमा पुर्‍याइँदा नेपालमा पनि ल्याइएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मुख्यालय दुबईबाट अगस्ट २७ बाट सुरु विश्वकप ट्रफी टुर नेपालमा ४ दिन रहने छ ।

२०१९ को जुलाई १४ मा लन्डनको लर्डस क्रिकेट मैदानमा विश्वकप विजेतालाई उक्त ट्रफी प्रदान गरिनेछ । दिउँसो २ बजे फेवातालमा ट्रफीको प्रदर्शनी हुनेछ । काठमाडौं फिर्ता भएपछि आइतबार विश्वकप ट्रफी केबलकारबाट चन्द्रागिरि डाँडामा प्रदर्शनीलाई पुर्‍याइने छ । त्यहाँ खेलाडी पनि उपस्थिति हुने आईसीसीको तालिका छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु