पोखरा प्रिमियर लिग: सन्दीपको टिम पराजित,पोखरा पल्टन ५८ रनले विजयी

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमामा पोखरा पल्टनले सुखद सुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । पोखरा पल्टनले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाउन सफल भयो ।

विराटनगरका राजु रिजाल र पुष्प थापाले समान ३० रन बनाएका थिए भने ओपनरद्वय प्रदीप ऐरी ११ र सुनिल धमला १० रनमा आउट भएका थिए । जितेन्द्र सिंह ठकुरी १०, एन्ड्रयु सुविक्शन १४ र राजेश पुलामी मगर ७ र जितेन्द्र मुखिया ६ रनमा आउट भएका थिए । कप्तान सन्दीप लामिछाने ११ रनमा नटआउट रहे । पोखराका ललित राजवंशीले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १७ रन खर्चेका थिए ।

महबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुसाल र रशिद खानले १,१ विकेट लिएका थिए। यसअघि आसिफ शेखको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो । विनोद भण्डारी ११ बलमा ४१ रन बनाई नटआउट रहे । उनले २ चौका र ५ छक्का प्रहार गरे । शरद ४ बलमा ७ रन बनाई नटआउट रहे ।

कुशल भुर्तेल र आशिफले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरी पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । उनले कुशल २६ बलमा २ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाई विराटनगरका सन्दीपको बलमा आउट भएका थिए ।आसिफले ५४ बलमा ५२ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र १ छक्का प्रहार गरे । भारतीय खेलाडी रवि इन्दर सिंहले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरी ४४ रन बनाएका थिए । विराटनगरबाट सन्दीपले २ विकेट लिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु