पढ अनि फर्क नीतिमा अष्ट्रेलिया,भिसा सहज,पीआरमा थप कडाई

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले अप्रवासीहरुलाई पीआर दिने कानूनमा थप कडाइ गरेको छ । मेधावी विद्यार्थी र दक्ष जनशक्तिलाई मात्र पीआर दिने नीतिमा थप कडाई गरेको जनाईएको छ ।

मेघावी विद्यार्थी र दक्ष जनशक्तिलाई मात्र पीआर दिने नीतिमा सबै राजनीतिक दल एकमत भएपछि यस वर्ष मात्र अस्ट्रेलियाली सरकारले करिब २७ हजार पीआर कटौती गरेको छ। हरेक वर्ष राज्यद्धारा छुट्टाइएको संख्यामासमेत पिआर कटौती गर्ने नीतिले थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थी मर्कामा परेका छन्।

अस्ट्रेलियन सरकारले यस वर्ष १ लाख ९० हजारलाई स्थायी बसोबासको अनुमति दिने भनेर सीमाकंन गरे पनि या बर्ष १ लाख ६३ हजारलाई मात्र पीआर दिएको छ।

पछिल्लो तथ्याङ्कअनुसार तीस हजारभन्दा बढी नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न कलेजहरूमा उच्च शिक्षा अध्यनरत छन्। अस्ट्रेलियाको जनसंख्या जुलाई २०१८ सम्म दुई करोड पचास लाख नाघिसकेको छ। नेपालभन्दा करिब ५२ गुणा ठूलो मुलुकको जनसंख्या यति पुग्दा पनि राज्य अहिलेदेखिनै माइग्रेशन नीतिमा कडा देखिएको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु