आध्यात्मिक मार्गले मानिसको जीवन सरल बनाउँछ

आज विश्व अत्यन्तै साँगुरो बनेको छ। यो साँगुरो विश्व एउटै आगन बनेको हो। यो साझा र एउटै आगनमा बस्ने विश्वका मानिसहरुमा सकारात्मक रुपान्त्रण सहितको सुन्दर जीवनको पनि त कल्पना गर्न सकिन्छ नि? भन्ने बोध गराउनु अहिलेको आवश्यक्ता हो।

श्री महाकाली शक्तिपीठ “नामक कालीका मन्दिरका प्रधान संरक्षक गोपाल ढकाल: 

थूप्रै मानिसहरुको जीवनमा सकारात्मक उर्जा र उत्प्रेरणाको निम्ती लागिपरिरहने एक उदाहरणिय व्यक्तिको नाम हो गोपाल ढकाल। हामी आंफै भित्र सुन्दर जीवन छ यो सुन्दर जीवन हामीले चिन्न सक्नु नै हाम्रो सबै भन्दा ठुलो सामर्थ्य हो भन्न रुचाउने ढकाल सामाजिक कार्यमा समर्पित हुनुहुन्छ ।

रुपन्देहीको देवदह ५ सितलनगरमा निजी लगानीमा “श्री महाकाली शक्तिपीठ “नामक कालीका मन्दिरको स्थापना गरि समाजलाई नै समर्पित गर्दै ,मन्दिरमा दलितलाई भजन मण्डलीको प्रमुख बनाई उदाहरणिय कार्य गर्ने,मन्दिरमा पशुपन्छिको बलि दिनुहुंदैन भन्ने पवित्र कार्यको अभियानमा लाग्ने ढकाललाई सघाउनु र समाजमा सकार्रात्मक परिवर्तनको निम्ती आफूपनि लाग्नुअहिलेको आवश्यकता हो।”

 

” श्री महाकाली शक्तिपीठ “नामक कालीका मन्दिरका भजन प्रमुख भगेन्द्र विक भगत :

सानै देखि संगीतमा रुची राख्ने भगेन्द्र विक स्कुल पढ्दा देखि नै गित गाउने साथै स्कुलमा हुने सांगितीक प्रतियोगितामा सधैं उत्कृष्ट हुने गर्नुहुन्थ्यौ। संगीत क्षेत्रमा आफ्नो जीवन खोज्दै हिंड्ने एक युवा तन्नेरी जसले अध्यात्म र संगीतमा जीवन खोज्दै हिंड्दा आज फल स्वरुप भगेन्द्र भगत भनेर चिन्ने लाखौं मानिसहरुबने। भगतले गाएको भजनमा मन्त्रमुग्ध हुने लाखौं श्रोता दर्शकहरु छन। मेहनत र संघर्षले सफलता हांसिल गर्न सफल भएको हुँ उहाँले बताउनुभयो।

 

श्री महाकाली शक्तिपीठ “नामक कालीका मन्दिरको स्थापना काल देखि नै सो मन्दिरको भजन मण्डलीको प्रमुखको रुपमा रहंदै आउनुभएका भगतले श्री महाकाली शक्तिपीठ “नामक कालीका मन्दिरमा जोड्ने सो मन्दिरका प्रधान संरक्षक गोपाल ढकाल अध्यक्ष गोविन्द ज्ञावाली,उपाध्यक्ष शोभाकर बन्जाडे,सचिव माधव पाठक ,तथा कोषाध्यक्ष कमला ज्ञावाली तथा हिरा गैरे ढकालको ठूलो भूमिका रहेको बताउनुभयो। मन्दिर स्थापनाको शुरुवादी दिनहरुमा संघर्ष गर्नु परे पनि अहिले सहज बनेको र भजन सुन्न श्रद्धालु भक्तजनहरु लालाहित भएको बताउनुभयो।

भगेन्द्र भगत का ४ वटा भजनहरु रेकडिङ् भएका छन भने केहि भजनहरु आफैले रचना गरि संगित पनि दिनुभएको छ। सो कालिका मन्दिरका भजन कृतन मण्डलीका प्रमुख भगेन्द्र विश्वकर्माका थूप्रै चर्चित भजनहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।https://www.youtube.com/watch

” श्री महाकाली शक्तिपीठ “नामक कालीका मन्दिरका अध्यक्ष गोविन्द ज्ञावाली:

अध्यत्मिक मार्गमा आफ्नो जीवनलाई सदैव अगाडी बढाईरहनुभएका ज्ञावाली लामो समय देखि शिक्षण कर्ममा पनि सकृय हुनहुन्छ। तनाव,रिस र अहमको न्युनिकरण साथै सकारात्मक उर्जा अभिवृद्धिको निम्ती कालिका मन्दिरमा गरिने ध्यान,भजन ,कृतनले ठूलो भूमिका राख्दछ उहंले बताउनुभयो।

 

सो कालिका मन्दिरका भजन कृतन मण्डलीका प्रमुख भगेन्द्र विश्वकर्माका थूप्रै चर्चित भजनहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।https://youtu.be/17Q20NiF9ao

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु