सिड्नीमा विशेष ‘गाला डिनर’को आयोजना

अमृत शर्मा -सिड्नी । बाबा एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलियाको सिड्नी मा विशेष गाला डिनरको आयोजना गर्ने भएको छ । नेपाली हाँस्यब्यङ्ग्य एबम कलाकारिता क्षेत्रका बहुप्रतिभाशाली कलाकार हरिवंश आचार्य को उपस्थिति मा उक्त गाला डिनर हुने भएको हो । कार्यक्रममा वरिष्ठ कलाकार आचार्य साथै गायक सन्जिब पराजुली र समिर आचार्यको बेजोड प्रस्तुति अनि सिड्नीका चर्चित नेपाली डान्ससर्स को उतक्रिस्ट डान्स रहने छ ।


कार्यक्रमको व्यापक तयारी रहेको आयोजक एवम बाबा एजुकेसन कन्सल्टेन्सी का सीईओ रबिन्द्र कुमार शर्माले बताए ।  कोजी एशिया र आर के एस अस्ट्रेलियाले आयोजना को जिम्मा लिएको यो कार्यक्रम मेलबोर्न मा २७ अक्टोबर र एडीलेडमा २८ अक्टोबर मा पनि हुने भएको छ । कार्यक्रममा आचार्यका रमाइला प्रस्तुतिहरुका साथमा हस्ताक्क्षर सहित, चर्चित पुस्तकहरु ‘हरि बहादुर’र ‘चिना हराएको मान्छे’ पनि उपलब्ध हुनेछ । सिड्नीमा रहनुभएका नेपालीहरू माझ बसेर आचार्यले आफ्ना जीवनका भोगाई तथा अनुभबका बारेमा जानकारी गराउनु हुने छ । कार्यक्रम ३ नोभेम्बर २०१८ मा इन्द्रेणी फक्सन सेन्टर रक्डेलमा बेलुका ६ बजे बाट सुरु हुने र टिकट मुल्य $५० रहेको छ ।

बिजयादशमी र दिपावली को अवसरमा शुभकामना आदान प्रधान र भेटघाट को साथ डिनर को आयोजना गरिएको र उक्त कार्यक्रम बाट उठेको रकम नेपालमा मानब सेवा आश्रम को लागि सहयोग गरिने आयोजकले जनाएको छ । सम्पूर्ण सिड्नी बाशी नेपाली दाजुभाई , दिदिबहिनि ,आमा बुबा सबैमा कार्यक्रममा उपस्थिति भई दिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु