अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड

अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीका नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड पाएका छन् । यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्याबारिधी गरिरहेका विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिइने ‘एकाडेमिक एक्सिलेन्सः पोस्टग्राजुएट रिसर्च’ को अवार्ड कँडेलले जितेका हुन् । यो पुरस्कार विदेशी विद्यार्थीहरुको लागि प्रतिष्ठित मानिन्छ । उनलाई यहाँका व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

बागलुङको गल्कोटमा जन्मिएका उनी आँखामा लाग्ने रोगले मानिसको जीवन र जीवनशैलीको गुणस्तरमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न करिब ४ वर्षअघि अष्ट्रेलिया आएका थिए । सम्पूर्ण राज्यमा रहेका विद्यार्थीहरुबाट आफू छनोट भएर प्रतिष्ठित अवार्ड पाउनु सबै नेपालीहरुको लागि गर्वको विषय भएको उनले सुनाए । नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा बढिरहेको सन्दर्भमा आफूले पाएको अवार्डले नेपाल र नेपाली विद्यार्थीहरुको पहिचान र गरिमालाई अझ ऊँचो बनाएको दाबीसमेत उनले गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु