एनआईसी एशियाले ल्यायो अनलाईनबाटै खाता खोल्न सकिने नयाँ सुबिधा

काठमाडौं । सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै अनलाईनबाटै खोल्न सकिने “न्यू प्रिमियम समुन्नति बचत खाता” संचालनमा ल्याएको छ । यो बैंक खाता खोल्न लाइनमा बसिरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न सकिने बैंकले जनाएको छ ।

अनलाइनबाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्ने जनाईएको छ । थप सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न प्रोत्साहन मिल्ने बैंकको भनाई छ ।

एनआईसी एशिया मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु