चिकित्सा शिक्षा शुल्क सम्बन्धी सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि यो वर्ष शुल्क नबढाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीको शुल्क बढाउन नपाइने निर्णय गरेको हो ।

विगतका कार्यदलले गरेको निर्णय अनुसार नै यो वर्षको शुल्क कायम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले आगामी वर्षका लागि पछि मात्र शुल्क निर्धारण गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।  मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ । बैठकले संघीय निजामती सेवामा दुई महिना कर्मचारी भर्ना स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगले प्राविधिक र प्रशासन तर्फका शाखा अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको थियो । आयोगले विभिन्न पदका लागि परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा प्रकाशित गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीको विवरण समयमै प्राप्त गर्न सकेको थिएन ।  यस्तै, मुलुकको समग्र विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको आंकलन गरी समग्र शिक्षा प्रणालीको पुनस् संंरचनाका निम्ति सुझाव दिन निर्देशक समिति पनि गठन गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो । सो समितिले आगामी ६ महिना भित्रमा यस क्षेत्रको समग्र अध्ययन गरी पञ्चवर्षीय योजनमा समावेश गरिने गरी जनशक्तिको आंकलन गर्ने उहाँले जानकारी दिनुभयो ।  यस्तै, बैडठकले काठमाडौंको जमलस्थित जनप्रशासन क्याम्पसमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण गर्ने र त्यहाँ अत्याधुनिक भवन सहित राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ ।

जनकपुर जयनगर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेकाले सो रुटमा आफ्नै रेल सञ्चालनको तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री ज्ञवालीले बताउनुभयो ।  बैठकले झापाको दमकमा निर्माण हुन लागेको औद्योगिक ग्रामका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा समेत आवश्यक निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु