लियोनल मेस्सीलाई बलोन डी’ओर अवार्ड नजिताउने चलखेल

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई यस सिजनको बलोन डी’ओर अवार्ड नजिताउने चलखेल भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

बलोन डी’ओरको भोटिङ पोलमा मेस्सीलाई झण्डै आधा सहभागीले भोट गरेपछि आयोजकले भोटिङ पोल नै हटाएको बताइएको छ । मेस्सीले भोटिङ पोलमा ४८ प्रतिशत मत प्राप्त गरेका थिए ।

त्यस्तै लिभरपुलका मोहम्मद सलाहले ३१ प्रतिशत मत पाउँदा तेस्रो स्थानमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो परेका छन् । उनले जम्मा ८ प्रतिशत मात्रै मत पाएका थिए । तर, उक्त भोटिङ पोललाई आयोजक हटाएका छन् । बलोन डी’ओर अवार्डमा समर्थकहरुले मेसीले जित्नुपर्ने मत जाहेर गरेपछि आयोजकले पोल हटाउने निर्णय गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु