अमेरिकाको विभिन्न राज्यमा आचार्य राजन शर्माद्वारा सुखानुभुति कलाका शिविर सन्चालन

असनेपालन्युज सिड्नी । जीवनलाई जस्तो बाटोमा हिंडायो त्यस्तै हुन्छ । विश्व शान्तिका लागि एउटै सकारात्मक सोच महत्वपूर्ण बन्न सक्छ । जीवन रुपान्तरण संभव छ, अवश्य सकिन्छ, भन्ने शन्देशका साथ अमेरिकाको बिभिन्न राज्यमा सकारात्मक सोच , योग , जीवन उत्प्रेरणाका कार्यक्रम सम्पन्न भएको छ ।

सकारात्मक सोचका अभियान्ता तथा उत्प्रेरक ब्यक्तित्व भीमसेन सापकोटा अध्यात्मिक नाम आचार्य राजन शर्माले अमेरिकाको बिभिन्न शहरमा हजारौंको मन मस्तिष्कमा सुखानुभुतिको तरङ्ग ल्याउंदै सो कार्यक्रम सन्चालन गर्नु भएको हो ।

“द आर्ट अफ ह्यापिनेस “सुखानुभुति कला नामको सो अभियान अन्तर्गत योग , ध्यान , मन उद्देलित गर्ने जीवन उत्प्रेरणा , हांस्य चिकित्सा , मनो चिकित्सा सन्चालन गरिएको आयोजकहरूले जनाएका छन्। आचार्य राजन शर्माको उत्प्रेरक भनाइहरूले धेरैमा जीवन प्रतिको धारणा नै बदल दिएको छ , यस माथि पनि उहांको जीवन उपयोगी योग , ध्यान र अन्य मनोचिकित्साको कलाले क्यालिफोर्निया वासि अत्यन्त प्रभावित र लाभान्वित बनेको छन् र उहा८को यो कार्यक्रम पुन: दोहोर्याएर गर्ने योजनामा छौं “क्यालिफोर्निया राज्य का नेपाली महावाणिज्य दुत ॠषि ढकाल बताउंनु हुन्छ ।

आचार्य राजन शर्माले अमेरिकाको टेक्सास , न्युयोर्क , मिनिसोटा , ओहायो , सिन्सिटी र क्यालिफोर्नियामा यस्ता प्रेरणादायी कार्यक्रम सन्चालन गर्नु भएको हो मिनिसोटा राज्यमा “हाम्रो नेपाली पाठशाला परिवार’ले आयोजना गरिएको आयोजक मध्येका एक खिम खतिवडा बताउंनु हुन्छ । सन्ध्याकालमा आयोजना गरिएको सो कार्यक्रमले सबैमा सकारात्मक उत्प्रेरणा जगाएको आयोजकहरूको भनाइ छ ।


यस्तै ओहायो राज्यको कोलम्बसमा “कल्याण फाउण्डेशन ” वेदिक वेल्फेयर सोसाइटी ” र सिन्सिटिमा ‘आनद आश्रम “वाच भिजन ” लगायतका संस्थाहरूले सो उत्प्रेरणाको शिविर सन्चालन गर्नु भएको आयोजक मध्येका एक तथा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस ) का अमेरिका संयोजक स्वामि आध्यपथिक ले बनाउंनु भयो । जीवनलाई एकै क्षणमा उत्प्रेरित पार्ने ब्यक्तित्वको उपस्थितिले ओहायो लगायत अमेरिकाको विभिन्न सहरमा एक सकारात्मक सोचको तरङ्ग फैलिएको स्वामि ज्युको धारणा को धारणा छ ।

यस्तै सुखानुभुतिकलाका कार्यक्रम विभिन्न राज्यमा स्थानिय समुदायले आयोजना गरिएको थियो । अमेरिकाको आकाशमा (एट्लान्टा एयरलाइन्स ” सेप्टेम्बर २१७) उडिरहेको बिमान मै योग शिविर सन्चालन गरेर किर्तिमान राख्न सफल नेपाली शान्ति दुतको रुपमा पारीचित आचार्य शर्माले संस्कार नेपाल दोहा कतार द्वारा आजोजित एक बिशेष योग तथा उत्प्रेरणा कार्यक्रमलाई कतार स्थित नेपाली राजदुतावसामा सन्चालन गर्नु भएको थियो , उहांद्वारा सन्चालित उत्प्रेरणात्मक कार्यक्रमको केहि अंश निम्न लिङ्कमा दबाएर सुन्न सकिनेछ

http://ausnepalnews.com/2016/08/33606.html#.W8KxvBMzZTY

Comments

comments

सम्बन्धित शिर्षकहरु