माहाकालीमा दोधारेली महोत्सवको तयारी तीव्र

पप्पु गुरुङ,दोधारा । महिला माथी हुने हिंसा गर्ने उद्धेश्यले माहाकालीमा दोधारेली महोत्सव–२०७५ को तयारी तीव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ् । महोत्सव हुने स्थानको सजावट, अतिथिको खाना बास, महोत्सवको प्रस्तुतीका तयारीहरु तीव्र रुपमा भईरहेको जानकारी दिइएको छ् । माहाकाली नगरपालिका वडा नं. ९ आमभोजको श्री अम्बिका उच्च माध्यमिक बिद्यालयको प्राङगणमा कार्तिक १५ देखि १८ गते सम्म संचालन हुने भनिएको दोधारेली महोत्सव–२०७५ को तायरी भईरहेको दोधारेली महोत्सव–२०७५ का कार्यक्रम संयोजक शुरेस गिरीले जानकारी दिएका छन् ।

४ दिन सम्म संचालन हुने भनिएको दोधारेली महोत्सव–२०७५ मा चर्चित गायक प्रमोद खरेल, चर्चित गायिका राधिका हमाल, चर्चित लोक तथा दोहरी गायक मिलन लामा, हास्य टेलि श्रंखलाका मेरी बास्सैका हास्य कलाकार बल्छी ध्रुवे, चक्र बम, लाल बहादुर धामी (अछामी बड्डो) लगाएत स्थानिय र राष्ट्रिय कलकारको बेजोड प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष तथा बस्नेत कन्सट्रक्सन प्रालि. एण्ड बस्नेत मल्टी ट्रेड्स लि¨का प्रोपराईटर नरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

कार्यक्रमका मुख्य आयोजक स्नेत कन्सट्रक्सन प्रालि. एण्ड बस्नेत मल्टी ट्रेड्स लि¨ रहेको छ् । कार्यक्रम संचालनको लागी १३ सदस्यीय दोधारेली महोत्सव समिति गठन गरिएको दोधारेली महोत्सव–२०७५ का अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

विभिन्न अध्यनहरु अनुसार प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै नकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरै जसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वास पात्र या जीवन साथीबाट भोगेका हुन्छन् तसर्थ महिला माथी हुने शारीरीक या यौनजन्य हिंसाको न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम माहाकालीमा दोधारेली महोत्सव–२०७५ संचालन गर्न लागिएको आयोजक समितिको दाबी छ् । महोत्सवले पर्यटन प्रवद्र्धधनमा समेत सघाउ पुग्ने भन्दै महोत्सव गरिन लागिएको हो ।

बिगत लामो समय देखि माहाकाली नगरपालिका वडा नं. ९ आमभोजमा बाबा ट्रेड्सका प्रपोराईटर यसवन्त खड्काले बिभिन्न संघ संस्था संग समन्वय गरि दोधारेली महोत्सव–२०७५ नाम दिएर महोत्सव संचालन गर्दै आएका छन् । बाबा ट्रेड्सका प्रपोराईटर यसवन्त खड्का अनुसार यस पटक पनि बिगतका दिनहरुमा जस्तै मनोरंजन संगै जनचेतना मुलुक कार्यक्रमहरु क्लाकारहरुले प्रस्तुत गर्ने बताएका छन् ।

‘ आम जनतालाई मनोरंजन संगै जनचेतना मुलुक कार्यक्रमहरु पस्कने गर्छौ’ बाबा ट्रेड्सका प्रपोराईटर यसवन्त खड्काले भने । राष्ट्रिय स्तरको कलाकारको प्रस्तुती टेलीभिजनको पर्दामा हेर्दै आएका माहाकालीबासीले प्रत्यक्ष आफ्नै अगाडी हेर्न पाउने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु