गायक शिव परियारको ‘सुनको माया’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । नेपालीहरुको महान पर्व शुभ बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारको स्वर तथा एलिसा रार्इ र अनुराग ठकुरीको अभिनयले सुसज्जित “सुनको माया” बोलको गीत सार्वजनिक भएको छ । आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि दशैँ उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

गीतमा शब्द श्वेता मैनालीको रहेको छ भने निर्देशन विकाश सुवेदिको रहेको छ । शिव परियारकै संगीत रहेको यस गीतमा अनिल के मानन्धरले सिनेमाटोग्राफी गरेका छन् । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । एल्बम ‘शिवालय’भित्र समावेश गरीएको यस गीत अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायक परियारले बताएका छन् ।

भिडियो :

Comments

comments

सम्बन्धित शिर्षकहरु