जमरा कसरी राख्ने ? यस्तो छ घटस्थापनाको शुभ साइत र शास्त्रीय विधान

काठमाडौं  । असोज २४ गते भोलिदेखि नवरात्र आरम्भ हुँदैछ । नवरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । २४ गते बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ ।

त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ । असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।

विजयादशमीकै दिन बिहान ८स्३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

 

जमरा कसरी राख्ने ? यस्तो छ घटस्थापनाको शुभ साइत र शास्त्रीय विधान

यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड ज्योति प्रज्ज्वलनको शुभ मुहुर्त कहिले छ त ?

बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म

बिहान पौने ११ देखि सवा १२ बजेसम्म

बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म

 

आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यो नवरात्रको पहिलो दिन हो । यस दिन विधिपूर्वक भगवतीको आवाहन गरेर घटस्थापना गरिन्छ । यही घटस्थापनासँगै भगवतीको उपासना गरी दुर्गा भगवतीको प्रिय जौको जमरा राख्ने शास्त्रीय विधान छ । संस्कृतमा जमरालाई जयन्ती भनिन्छ । जयन्ती भगवतीकै एक नाम पनि हो ।

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यस पछि शास्त्रीय विधि अनुसार दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।
पूजास्थनमा उक्त पवित्र माटो छरेर बीचमा एक विशेष घडा अर्थात् कलशको स्थापना गरिन्छ । कलशमा वरुणादि सम्पूर्ण देवी देवताको आह्वान हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा(कलशको) वरिपरि जमराका निम्ति छर्नु पर्दछ । भगवती दुर्ग देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य हुने गर्दछ ।

यसरी स्थापना गरिएका जौ क्रमशः बढ्दै जमराका रूपमा परिणत हुन्छन् । जमरा जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । उक्त समय वाहेक अन्य शुभ समयमा पनि घटस्थापना गर्न सकिन्छ । कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् भन्ने कुरा कल्ली पुराणमा उल्लेख गरिएको छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले उक्त दिनलाई घटस्थापना भनिएको हो । यसरी स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । भगतीको निम्न मन्त्रले उपासना गर्न सकिन्छ ।

शरणागतदीनार्तपरित्राणपरायणे । सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते ॥

सर्वाबाधाप्रशमनं त्रैलोक्यस्याखिलेश्वरि। एवमेव त्वया कार्यमस्मद्वैरिविनाशनम्॥

दुर्गे स्मृता हरसि भीतिमशेषजन्तो स्वस्थै: स्मृता मतिमतीव शुभां ददासि । दारिद्र्य दु:ख भयहारिणि का त्वदन्या सर्वोपकारकरणाय सदाऽऽ‌र्द्रचित्ता ॥

जय त्वं देवि चामुण्डे जय भूतापहारिणि । जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य । प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य ॥

Comments

comments

सम्बन्धित शिर्षकहरु