अष्ट्रेलियाका विश्वविद्यालयमा कसरी लिईन्छ भर्ना,पढाइ सकेपछि बस्न कुन भिसा लिने ?

अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुको पनि अष्ट्रेलिया प्रमुख गन्तव्य बनिरहेको छ । अध्ययनको लागि जाने बाहाना बनाउदै रोजगारीको लागि जानेको संख्या धेरै नै रहँदै आएको छ । पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा समस्या देखिएको र अमेरिकामा पढ्न महँगो खर्च गर्नुपर्ने भएकाले विद्यार्थीहरूको ध्यान अष्ट्रेलियातर्फ मोडिएको छ ।

अर्कोतर्फ अष्ट्रेलियामा तुलनात्मक रूपमा सस्तोमा आफूले चाहेको विषय अध्ययन गर्न पाउने र अन्य सुविधाहरूसमेत प्रशस्त भएकाले धेरै विद्यार्थी अष्ट्रेलिया जान चाहेको शैक्षिक परामर्श कम्पनीका सञ्चालकहरू बताउँछन् ।

कसरी लिईन्छ भर्ना ? कुन कुन महिनामा खुल्छ भर्ना
अष्ट्रेलियामा सामान्यतः फेब्रुअरी र जुलाई गरि दुई इन्टेकमा भर्ना लिने गरिन्छ । तर केही विश्वविद्यालयले सेप्टेम्वर र नोभेम्वरको महिनामा पनि भर्ना लिने गर्दछन् । यसरी थप गरिएको सेप्टेम्वर र नोभेम्वरको भर्ना समयमा भने सबै विषयको भर्ना नलिन सक्छ ।

त्यसैगरी भोकेसनल शिक्षाका लागि खुलेका प्राइभेट कलेजले हरेक दुई महिनामा नयाँ भर्ना लिने गरेका छन् । यसरी भर्ना हुने विभिन्न महिना हुँदा पनि विद्यार्थीले प्रक्रिया शुरु गर्दा कम्तीमा ६ महिना अगाडिदेखि शुरु गर्नुपर्छ । पासपोर्ट बनाउने,आइएलटिएसको तयारी कक्षा पहिलेदेखि नै शुरु गदा उपयुक्त हुन्छ ।

पछिल्लो समय अष्ट्रेलियामा आवेदन दिनेको संख्या दिनदिनै बढ्दै गएको छ । यसरी विद्यार्थीको आवेदन संख्या बढ्नुको कारण धेरै छन् । यसको प्रमुख कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीमध्ये बहुसंख्यक विद्यार्थीहरुको सकरात्मक प्रतिक्रिया हो ।

लियामा शान्त र समृद्ध,उचित शैक्षिक वातावरण,गुणस्तरीय शिक्षा,वैज्ञानिक शिक्षण प्रणाली,पढाइसँगसँगै काम गर्न पाउने नियम,पीआर पाउने प्रवल सम्भावना,विवाहित भएमा दम्पत्ति नै जान पाउने सुविधा आदि कारणले अष्ट्रेलियामा पढ्न जानेको संख्या बढेको हो । नेपाली विद्यार्थीहरुको पनि अष्ट्रेलिया प्रमुख गन्तव्य बनिरहेको छ ।

व्यावसायिक विषयको रोजाइ

अधिकांश विद्यार्थीहरू सूचनाप्रविधि, नर्सिङ, इञ्जिनीयरिङ, स्वास्थ्य विज्ञान, एमबीए, हस्पिटालिटी म्यानेजमेण्टजस्ता विषय अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका छन् । विद्यार्थीहरूले सैद्धान्तिकभन्दा प्राविधिक विषयलाई बढी ध्यान दिने गरेका छन् ।

डिपेन्डेन्ट भिसामा कसरी जाने अष्ट्रेलिया ?

अस्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो- ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अस्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । ‘परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्, । ‘यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।’

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्‍याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।

यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् । श्रम कानुनअनुसार प्रत्येक कामदारले अस्ट्रेलियन १६ डलर पारिश्रमिक पाउँछन् । कामको प्रकृतिअनुसार त्योभन्दा बढी पनि आर्जन गर्न सक्छन् ।

अध्ययन भिसा नेपालबाट अस्ट्रेलियाको कलेज र युनिभर्सिटीमा भर्ना हुने प्रक्रिया हो । प्लस टु, स्नातक या मास्टर्स सकेको छ र थप अध्ययन गर्न जान चाहन्छ । भाषाको परीक्षा चार किसिमको मध्ये कुनै एक दिनुपर्छ । IELTS  (इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम) पढेकै हुनुपर्छ ।

पढेको तहको सर्टिफिकेट, भाषाको रिजल्ट, अनुभव भएमा त्यसको सर्टिफिकेटसहित कलेज युनिभर्सिर्टीको आवेदन फाराम भरिन्छ । भाषा टेस्टको नियम भने कलेज युनिर्सिटी र कोर्सपिच्छे स्कोर (प्राप्तांक) फरक फरक हुन सक्छ । यी सबै कागजातसहित आवेदन दिएपछि कलेज युनिभर्सिटीले या त स्वीकार गर्छ र अफर लेटर (अफर अफ अ प्लेस) पठाउँछ ।

विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार (स्कोप) कस्तो छ भन्नेबारे जानकारी लिनैपर्छ । आफ्नो योग्यता, रुचि, चाहनाबारे प्रस्ट हुन जरुरी छ । त्यसनिम्ति परामर्श दातृ निकाय वा अनलाइनबाट जानकारी लिन सकिन्छ ।

अफर लेटर प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकले आर्थिक रूपमा अस्ट्रेलियामा विद्यार्थीले जान, आउन, पढ्न, खाना, बस्न लाग्ने सम्पूर्ण खर्च बेहोर्न सक्ने गरी नेपालको दुईमध्ये कुनै एक बैंक (एसबीआई र नबिल बैंक) मा तीन महिनाअघिदेखि रकम जम्मा रहेको प्रमाण वा रकम नभएको खण्डमा तिनै दुई बैंकबाट शैक्षिक कर्जा लिएको प्रमाण पेस गर्नुपर्छ ।

पढाइ सकेपछि अष्ट्रेलियामा बस्न कुन भिसा लिने ?

अष्ट्रेलियामा अध्ययनरत वा अध्ययनकालागि आउन चाहने धेरै विद्यार्थीहरुले सोध्ने प्रश्न हो–पढाइ सकेपछि अष्ट्रेलियाको अन्य कुनै भिसा लिएर बस्न पाइन्छ कि पाइदैन ? एक्सपर्टहरु भन्छन्–अष्ट्रेलियाको हाल विद्यमान आप्रवासी कानून अनुसार यो सम्भव छ । अर्थात कुनै कुनै अवस्थामा आफ्नो अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुले केही वर्ष अष्ट्रेलियामै बस्न चाहेमा भिसा आवेदन दिन सक्छन् । यसकालागि अष्ट्रेलियााको अद्यागमन र नागरिकता सम्बन्धी विभागमा गएर परामर्श लिन सकिन्छ । अथवा यहाँँको सरकारको गृह मामिला सम्बन्धी वेवसाइटमा गएर पनि विद्यामान प्रावधानहरुबारे जानकारी लिन सकिन्छ ।

भिसा सम्बन्धी अहिले विद्यमान कानून अनुसार यदि तपाईले कुनै पनि विश्वविद्यालयबाट स्नातक,स्नातकोत्तर तह वा रिसर्चमा कम्तीमा दुई वर्ष अध्ययन गरिसक्नुभएको छ भने बाँकी अध्ययन र कामकालागि भिसा आवेदन दिन योग्य ठहरिनेछ । यस्तो भिसाबाट तपाईले अष्ट्रेलियामा थप दुईदेखि चार वर्षसम्म बस्न र काम गर्न पाउनुहुनेछ । तर यो तपाईको पढाइको विषय र लेभलमाथि निर्भर रहन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु