कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् ।टेलिभिजन, रेडियोलगातका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीले शनिवार राजधनीमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका निर्देशक घिसिङलाई बेस्ट पर्सनालिटी अफ दि इयरबाट सम्मान गरेको हो । कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै घिसिङलाई सम्मानित गरिएको जनाएको छ ।

दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आ व २०७३/७४मा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४/७५मा प्राधिकरणको नाफा १ अर्ब १ करोड रुपैयाँ आर्जन हुने प्रक्षेपण गरिएको छ । संचालन नाफा ७ अर्ब ८६ करोड रुपैयाँ रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खूद वार्षिक नाफा अहिले प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।

घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा विद्युत चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीव्रता पाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु