चिनीको मूल्य घटाउन मातृकालाई चाहियाे प्रधानमन्त्रीको लिखित आदेश

काठमाडौं । काठमाडौं–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागु गर्न नसक्ने स्पष्ट पारेका छन् ।
उद्योग मन्त्री यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने र त्यसको लागी प्रधानमन्त्रीले लिखित आदेश दिनुपर्ने बताए । उनले तत्कालका लागी ७० रुपैयाँ भन्दा कममा मात्र चिनी किनबचे गर्न सबैलाई आग्रह गरे । कारोबार दैनिकमा खबर छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु