सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिगको ड्राफ्टको सूचीमा

काठमाडौं । नेपाली क्रिकेटका चर्चित युवा सन्दीप लामिछानेको ब्यवसायिक क्रिकेटले फड्को मार्दैछ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर लामिछाने चर्चित पाकिस्तान प्रिमियर लिग पिएसएलको ड्राफ्टको सूचीमा परेका छन् ।

नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीका अनुसार सन्दीपको नाम पिएसलको ड्राफ्टमा परेको हो । पिएसएल आगमी फेब्रुअरीमा आयोजना हुनेछ । ६ टोलीको सहभागिता रहने उक्त संकरणमा सन्दीपको नाम परेको हो । गत संकरणको ड्राफ्टमा परेपनि कसैले सन्दीपलाई भाउ लगाएको थिएन । तर यस पटक भने सन्दीप महँगो मुल्यमा बिक्री हुने सम्भावना बढेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु