युरोपा लिग: चर्चित क्लवहरु विजयी,२४ खेलमा ७९ गोल

एजेन्सी । बिहीबार राति भएको युरोपा लिग फुटबलका १२ समूहका २४ खेलमा ७९ गोल भएको छ । चर्चित क्लवहरु विजयी भएका छन् । समूह ‘ए’ मा बायर लेभरकुसनले एइके लामाकालाई ४–२ ले पराजित गर्यो । एफसी ज्युरीचले लुडोगोरेट्सलाई १–० ले हरायो ।

समूह ‘बी’ मा आरबी लाइप्जिगले रोजेन्बर्ग तथा साल्ज्बर्गले सेल्टिकलाई समान ३–१ को स्कोरमा पराजित गर्यो । समूह ‘सी’ मा बोर्डोले कोपन्हेगनलाई २–१ ले तथा जेनिटले स्लाभिया प्रागलाई १–० ले पराजित गर्यो । समूह ‘डी’ मा डाइनामो जाग्रेबले एन्डरलेच्चलाई तथा फेनेरबाचले स्पार्टाक त्रानाभालाई समान २–० ले पराजित गर्यो ।

समूह ‘ई’ मा आर्सनलले काराबागलाई ३–० ले तथा स्पोर्टीङ लिस्बनले भोर्स्क्लालाई २–१ ले पराजित गर्यो । समूह ‘एफ’ मा एसी मिलानले ओलाम्पियाकोसलाई ३–१ ले तथा रियाल बेटिसले डुडेलान्जलाई ३–० ले पराजित गर्यो ।
समूह ‘जी’ मा रेन्जर्सले रापिड वेनलाई ३–१ ले तथा स्पार्टाक मस्को र भिलारियलले ३–३ को बराबरी खेले । समूह ‘एच’ मा अपोलोन लिमासोल र मार्सेले २–२ को बराबरी खेले । फ्रान्कफर्टले लाजियोलाई ४–१ ले पराजित गर्यो ।

समूह ‘आइ’ मा माल्मोले बेसिक्टासलाई २–० ले तथा सार्प्सबोर्गले जेन्कलाई ३–१ ले पराजित गर्यो ।
समूह ‘जे’ क्राजोन्डारले सेभियालाई तथा स्टान्डर्ड लिएजले अखिसर्स्पोरलाई समान २–१ ले पराजित गर्यो ।
समूह ‘के’ मा अस्तानाले रेनेसलाई २–० ले हराउँदा जाब्लोनेक र डिनामोकिएभले २–२ को बराबरी खेले ।
र समूह ‘एल’ मा पाओकले बोरिसोभ बातेलाई ४–१ ले तथा चेल्सीले भिडीलाई १–० ले पराजित गर्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु