नेपाल लाइफ सञ्चालनमा ल्याएको सिटी सेण्टरमा लाग्यो दशैं–तिहार मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैं तिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ ।

मेलाका अन्य आकर्षक विशेषताहरूमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्नेछन् । मेला अवधिभर यस मलमा आउने सबै ग्राहकहरू ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउनेछन् ।

यस योजनामा सहभागी भएकामध्येबाट लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइने कम्पनीले बताएको छ । त्यसैगरी मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ पनि प्रस्तुत गर्नेछन् ।

प्रत्येक फ्लोरमा फोटो बुथ पनि हुनेछन् । सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन् र यसका विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्नेछन् । मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ ।

बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलको मज्जा लिन पाउनेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन् ।

यस्ता छन् मेलाका आकर्षक विशेषताहरूः
१. सिटी सेण्टरले मेलाको अवसरमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्नेछन् ।

२. मेला अवधिभर यस मलमा आउने सबै ग्राहकहरू ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउनेछन् । यस योजनामा सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइनेछ ।

३. मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ पनि प्रस्तुत गर्नेछन् । प्रत्येक फ्लोरमा फोटो बुथ पनि राखिनेछ ।

४. यस मलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन् र यसका विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्नेछन् ।

५. मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ । बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलको मज्जा लिन पाउनेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन् ।

६. मलमा रहेका पसलहरूले दशैं र तिहारको अवसरमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु