डा. धिताललाई अष्ट्रेलियाको प्रतिष्ठित अवार्ड

काठमाडौं । संसार छोडिसकेको व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरी नयाँ जीवन दिंदै आएका डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि छानिएका छन् । डा. धिताल प्राइड अफ अष्ट्रेलिया’ अवार्डको लागि मनोनयनमा परेका हुन् । मृत्यु भइसकेका मानिसको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण धेरैको जीवन बचाएका डा. धिताल अवार्डका लागि मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ ।

सेन्ट भिसेन्टमा कार्यरत डा. धितालले चल्न छाडिसकेको मुटुलाई पनि पुनः चल्ने बनाएर २७ जनामा सफल प्रत्यारोण गरिसकेका छन् । हाल उनी विषमा डुबाएर मुटुको अनुसन्धान गर्न क्रियाशील रहेको जनाएका छन् ।

एशोसिएट प्रोफेसर डा. धितालले हासिल गरेको उपलब्धीका कारण अष्ट्रेलियामा प्रत्यारोपणका लागि उपलब्ध मुटुको संख्या दोब्बर बढ्न सक्ने टेलिग्राफले उल्लेख गरेको छ ।

हाल सर्जनहरुले बढीमा आधा घण्टासम्म रोकिएको मुटुलाई पुनः चालमा फर्काउन सक्छन् र ६ घण्टासम्म कृत्रिम तरिकाले पम्प गराउन सक्दछन् । कुनै व्यक्तिको मुटुको चाल बन्द भए पनि तत्काल मांसपेशीका कोषहरु मर्दैनन्, खाली मुटुले रगत पम्प गर्न छोडेको हुन्छ । त्यसलाई ‘सर्कुलेटरी डेथ’ भनिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु