जापानमा फेरि आँधी : ८४ जना घाइते, जनजीवन प्रभावित

काठमाडौं । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ८४ जना घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् । मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ ।

‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ ।

आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । यस्तै सात लाख ५० हजार भन्दा धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु