उदास कार्कीको `अन्तिम सत्य´को दियालोमा विमोचन

काठमाडौं । मुक्तककार एवं कविका रुपमा परिचित उदास कार्कीको मुक्तक संग्रह `अन्तिम सत्य´अाज एक भव्य समारोह बीच काठमाडौंको वसुन्धरामा रहेको दियालो पार्टी प्यालेसमा सम्पन्न भएको छ।दियालो साहित्य सरगमको अायोजना र इष्ट कन्सल्टको प्रायोजनमा सम्पन्न सो समारोहमा तुलसी दिवशको प्रमुख अातिथ्यता र ज्ञानुवाकर पौडेल,वियोगी वुढाथोकी,रमेश पौडेल,रेणुका थापा,अानन्द ब.गुरुङ्ग,पुष्प अधिकारी (अञ्जली) लगायतका विशिष्ट व्यक्तित्वहरुको अातिथ्यता रहेको थियो।

यसैगरि यादव भट्ठराईको सञ्चालन,प्रकाश वस्नेत (गफाडी)को स्वागत मन्तव्यमा सम्पन्न सो समारोहमा शान्ती शर्माको अध्यक्षता रहेको थियो। वि सं २०२८ साल वैशाख १९ गते लिला देवि र मोहनसिंहको पाचौँ सन्तानको रुपमा लमजुङ्ग जिल्लाको भोटेओढारमा जन्मिएर हाल काठमाण्डौको वसुन्धरामा वसोवास गर्दै आएका अंकवहादुर कार्की नेपाली साहित्य आकाशमा उदास कार्कीका नामले परिचित छन् । वि.कम. सम्मको औपचारिक शिक्षा पुरा गरेका कार्कीले नेपाली साहित्यमा कथा, मुक्तक, गजल, कविता लगाएतका विविध विधामा कलम चलाएको भएता पनि विशेष रुची भने मुक्तक लेखनमा रहेको कुरा आफ्ना समकालिनहरु माझ बताउने गर्दछन् ।

सबै लक्ष्मी नाम गरेका मानिसहरु धनि नहुन पनि सक्छन । सबै चिरञ्जिवीहरु दिर्घायु नहुन पनि सक्छन । दलबहादरको कुनै दल नहुन सक्छ । सरस्वती नाम भएका सबै शिक्षित नहुन सक्छन । धनवहादुरहरु नै भिख माग्दै गरेको देख्न सकिन्छ भन्ने यथार्थबाट उदासको वास्तवकिताको नजिक पुग्न सकिन्छ । नाम उदास भए पनि कहिल्यै उदास नदेखिने र मुहारमै सकरात्मक सोच झल्किने हँसिलो पात्र हुन् उदास कार्की । बरु उदासलाई देख्दा रुदै गरेको मान्छेले ओठमा मुस्कान छर्न सक्छ तर उदासमा उदासिनता कहिल्यै झल्किदैन र नझल्कियोस् पनि ।

२०४० सालदेखि लेखनयात्रा शुरुआत गरेका कार्कीको पहिलो रचना २०४७ सालमा कान्तिपुरको कोशेलीमा प्रकाशित भएको थियो भने पुस्तकाकार कृतिका रुपमा पहिलो मुक्तक संग्रह (उदास मन) २०७० सालमा मुक्तक प्रतिष्ठानवाट प्रकाशित भएको थियो र दोस्रो मुक्तक संग्रहका रुपमा (अन्तिम सत्य) दियालो साहित्य सरगमवाट आजकै दिन सार्वजनिक भएको छ। आफ्ना भोगाई,अनुभूति,समाजको यथार्थता,मानवीय प्रवृत्ति, राष्ट्रप्रेम, चेतना, जागरण, समकालिन समाज,राजनीति,संस्कृति,जस्ता विषयगत विविधतालाई आफ्ना मुक्तकको अन्तर्वस्तु वनाउने मुक्तककार कार्कीका अधिकाँश मुक्तकहरु अत्यन्तै शशक्त छन्।

“यस्ता प्रतिभावान व्यक्तित्वलाई आफ्नो परिवारको सदस्यको रुपमा पाएर आज त्यहि सदस्यको कृतिलाई पुस्तकको रुपमा प्रकाशित गर्न पाउँदा दियालो साहित्य सरगमको आँगनीमा साँच्चिकै आशा र उमंगको दीप वलेको महसुश हामीले गरेका छौ । आशा राखौं उदास कार्कीको यो संग्रह नेपाली साहित्य विधामा एउटा दस्तावेज वनेर रहनेछ । उदासका मुक्तकले सदा पाठकको मनमा कान्ति छाउनेछन्” भन्दै अायोजक संस्थाका अध्यक्ष शान्ति शर्माले वताउनुभयो। समारोहका प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले “हरेक सर्जकमा अाफ्नोपन हुनुपर्छ,हरेक कवितामा कवि पहिला हो भने अालोचक दोस्रो पंक्तिको रुपमा रहन्छ,जव कुनै पनि कृतिमा लेखक अाँफू स्वयं जस्तो भएर अाउँदैन त्यस्तो कृति कुनै पनि हालतमा एेतिहाँसिक वन्न सक्दैन र हाम्रा कविताको सिद्धान्त हाम्रै मौलिक कविता पढेर निर्मित हुनुपर्छ” भन्नुभयो ।

यसैगरी बरिष्ठ गजलकार एवं मुक्तककारका रुपमा परिचित ज्ञानुवाकर पौडेलले अहिले अाएर केहि तथाकथित व्याख्याकारहरुले मुक्तक लेखन भन्दा पनि मुक्तकको वारेमा मनगढन्ते व्याख्या गरेर नवसर्जकहरुलाई अल्मल्याउने मात्र कार्य भएको विसंगति प्रति गुनासो गर्नुभयो ।

यसैगरि सञ्चारकर्मि तथा कवि रमेश पौडेलले”दुख र पिडाले मान्छेलाई कवि वनाउँछ र यस्ता थुप्रै अनुभूति अाँफूसँग पनि रहेको प्रसंग वताउँदै अति प्रेमिल मुक्तक लेख्ने उदास कार्की उदास नभएर प्रेमदास हुनुपर्ने कुरा अौल्याउनुभयो।

Comments

comments

सम्बन्धित शिर्षकहरु