मुक्तककार पराजुलीको मुक्तक संग्रह ‘सम्मोहन’ विमोचन

काठमाडौं । मुक्तककार निर्मलरमण पराजुलीको मुक्तक संग्रह ‘सम्मोहन’को’दलानमा मुक्तक विमोचन भएको छ । नियमित श्रृङ्खला वीच ए वन क्याफे सिनामंगलमा यहि आश्विन १२ गते विमोचन कार्य सम्पन्न भएको छ।

साहित्कार चेतन कार्कीको प्रमुख आतित्यथा रहेको सो समारोहमा वियोगी वुढाथोकी,विजय वजिमय,मदनध्वज थापा,ज्ञानुवाकर पौडेल,रामकाजी कोने,त्रिभुवन चन्द्र पाग्ले,रमेश पौडेल,पुष्प अधिकारी ञअञ्जलीझलगाएतका साहित्यिक व्यक्तित्वहरु अतिथिको रुपमा रहेका थिए।विमला दाहालले सञ्चालन गरेको सो समारोहको सभापतित्व रुद्र अधिकारीले,स्वागत मन्तव्य भुवन सिवाकोटीले र संयोजन साहित्यकार द्वय गुप्तवहादुर श्रेष्ठ र विजयध्वज थापाले गरेका थिए।

यस अगाडिनै ञअक्षरको खेतिझ(मुक्तक संग्रह),अतृप्त चाहनाका मझेरीमाझ(कविता संग्रह),भाइटिका (नाटक),आमाको सपना (नाटक) लगाएतका पुस्तकाकार कृति प्रकाशन गरिसकेका पराजुलीको यो पुस्तकाकार मुक्तक संग्रहको रुपमा दोस्रो कृति हो।

जम्मा जम्मी २०० ओटा मुक्तकहरु संग्रहित सो संग्रहमा पराजुलीले मायाप्रेम,मिलन विछोड,राष्टृिय चिन्तन,सामाजिक भाव,राजनीतिक वेथिति,विकृति विसंगति,मात्रृरपित्रृ भक्ति जस्ता भावहरु दर्शाउनुका साथै चोटिलो व्यङ्ग्य समेत पस्किएका छन्।लयात्मकतालाई अति ध्यान दिने पराजुलीका सवै मुक्तकहरु सुलोलित र सुशोभित छन्।

मुक्तककार पराजुली मुक्तककार मात्र नभएर मुक्तक विधाको प्रचार प्रसार र विकासका लागि खटिने एक अभियन्ता समेत हुन् भन्ने कुरा उनी लगाएतको समूहले गरेको ञदलानमा मुक्तकझनामक नियमित श्रृङ्खलाले नै प्रष्ट पार्दछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु