नेकपाको विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा

काठमाडौं,असोज १३ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ । आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गरेका छन् । सात प्रदेश नेतृत्व चयनमा सहभागिता नगराइएको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेको अध्यक्षद्वय विदेश जाँदा पनि कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल पक्ष असन्तुष्ट रहँदै आएका छन् । सांगठानिक एकीकरणबाट सुरु भएको विवाद छुट्टै भेला बोलाउने अवस्था सृजना भएको छ ।

भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गरे । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु