संयुक्त राष्ट्रको महासभा मा ट्रम्पको यस्तो भाषण सुनेर हाँसो रोकिएन… (भिडियो सहित )

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नेतृत्वको तिखो हमला गरेका छन् । उनका अनुसार इरानले पूरा मध्य पूर्वमा ‘अराजकता, हत्या र विनाश’ को माहौल बनाएको छ । न्यूयोर्कमा संयुक्त राष्ट्रको महासभाको ७३ औं अधिवेशनमा सम्बोधन गर्दै ट्रम्पले यो कुरा भनेका हुन् । उनले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे ।उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाव सिर्जना गर्नुको विकल्प नरहेको बताए ।

आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा धेरै काम गरेको पनि ट्रम्पले बताए । उनको यो कुरा सुनेर दर्शकहरु हाँस्न थाले । सबैको हाँसोपछि ट्रम्प पनि हाँसे । उनले भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’त्यसपछि ट्रम्पले ठूलो आवाजमा दोहोराउँदै भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिले पनि थिएन ।’

ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको उक्त अवसरमा बताए । ट्रम्पले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न सहभागी देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुलाई आग्रह गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु