सुविन भट्टराईको ‘प्रिय सुफी’ सार्वजनिक

काठमाडौं । लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा लेखक भट्टराई, अभिनेत्री आँचल शर्मा, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तक प्रेममा केन्द्रित रहेको जनाइएको छ । कार्यक्रममा बोल्दै लेखक भट्टराईले ‘प्रिय सुफी’लाई पनि यसअघिका पुस्तक जस्तै सबैले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताएका थिए । फाइनप्रिन्टका तर्फबाट बोल्दै अजित बरालले दार्जिलिङ्का लेखक छुदेन काविमोलाई आगन्तुकसमक्ष चिनाएका थिए । उनको पुस्तक दसैंपछि सार्वजनिक गरिने बरालले जानकारी दिए ।

नायिका आँचल शर्माले भट्टराईका अन्य कृतिले मन छोएकोले ‘प्रिय सुफी’ पढ्न आतुर रहेको बताएकी थिइन् । कार्यक्रममा गायिका शीतल र सुवानी मोक्तानको सांगीतिक प्रस्तुति समेत थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु