एसिया कप क्रिकेट: पाकिस्तानसँग अफगानिस्तानको नमिठो

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । शुक्रबार अबेर राति अबुधावीमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ३ विकेटको जित हात पारेको हो।

अफगानिस्तानले दिएको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै बाबर आजमले ६६ रन बनाउँदा शोएब मलिकले ५१ रनको उत्कृष्ट पारी खेले । अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए । त्यस्तै मुजीब उर रहमानले २ विकेट लिँदा गुलाबदिन नाइबले एक विकेट लिए ।

यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २५७ रन बनाएको थियो ।
अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ९७ रनको उत्कृष्ट पारी खेले ।

अस्गर अफगान ६७ रनमा आउट हुँदा रहमत साहले ३६ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमद नवाजले तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए । अफगानिस्तानले आइतबार बंगलादेशसँग खेल्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु