चाँगुनारायण मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न,सर्वसाधारणका लागि खुला

भक्तपुर । विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न गरि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको समुपस्थितीमा गरि शुक्रवार क्षमा पूजा गरिएको हो । पुरातत्व विभागले ८० लाखको बजेटमा रेक्ट्रोफिटिङ्ग प्रविधिबाट जीर्णोद्धार कार्य सम्पन्न गरिएको हो ।

पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल समुपस्थितीमा गरिएको क्षमा पूजामा मन्त्री रविन्द्र अधिकारी,संस्कृति मन्त्रालय सचिव कृष्ण प्रसाद देवकोटा, मेयर सोमनाथ मिश्र,प्र जि अ नारायण प्रसाद भट्ट लगायतको सहभागि रहेको थियो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको चाँगुनारायणको मुख्य मन्दिर, परिसरमा रहेका शिवमन्दिर, सरस्वती मन्दिर, भिमसेन पाटी, किलेश्वर महादेव, अमात्य सतल लगायतका सम्पदाहरुको पुनर्निमाण सम्पन्न भएसँगै सर्वसाधारणको लागि खुला गरिएको छ ।

सम्बन्धित शिर्षकहरु